समाज

बारेकोटमा भीरबाट लडेर एकजनाको मृत्यु 

लोकेन्द्र विश्वकर्मा

खलंगा । जाजरकोटको बारेकोट गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वडा नं ६ घर्तिगाउँका ४७  बर्षीय भक्तबहादुर महतारा रहेको वडाध्यक्ष तिले महताराले जानकारी दिए । 

अध्यक्ष महताराका अनुसार, आइतबार बेलुकीपख स्थानीय भेरालाग्नबाट घाँस ल्याएर आउने क्रममा लडेर मृत्यु भएको हो । मृतक भक्तबहादुरको आजनै अन्त्येष्टि गरिने भएको छ । मृतक महताराका स-साना बालबालिका रहेका छन । 


प्रकाशित मिति: सोमबार, माघ ५, २०७७, ०८:४०:००
प्रतिक्रिया दिनुहोस्