घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
स्वास्थ्य
चौकुनेमा निःशुल्क आँखा शिविर सञ्चालन

सुर्खेत । चौकुने गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । सुर्खेत आँखा अस्पतालको आर्थिक सहयोग र गाउँपालिकाको स्वास्थ्य शाखाको समवन्यमा चौकुनेका १० वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेका अनुसार निःशुल्क रुपमा मोतियाबिन्दु भएका व्यक्तिको छनौट गरी थप अप्रेशनका लागि सुर्खेत पठाइनेछ । आँखा शिशिरमा रहेका बिरामीको जाँच, औषधि वितरण एवं गम्भिर प्रकृतिका बिरामीको थप उपचारका लागि गाउँपालिकाबाट निःशुल्क सहयोग हुने पनि पाण्डेले बताए ।
आँखा शिविरमा सहभागि भई आफ्नो आँखाको जाँच तथा उपचार गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।
कुन दिन कहाँ ?
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार ९ माघ महिनाको पहिलो र दोस्रो हप्तामा विभिन्न स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने सुचनामा उल्लेख छ ।
माघ ५ गते घाँटगाउँमा, माघ ६ गते लगाममा, माघ ७ गते बेतान स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै अरु स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने जानकारी सुचनामा उल्लेख छ ।
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- मोटरसाइकल दुर्घटना हुँदा चौकुनेका वडाध्यक्ष र गाउँकमिटि अध्यक्ष घाइते
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप