समाज

शिक्षक रोकायको अडियो सार्वजनिक

लोकेन्द्र विश्वकर्मा

खलंगा ।  जाजरकोटको  बारेकोट गाउँपालिका–३ पहाडामुल्सामको दीपेन्द्र माविमा कार्यरत शिक्षक नेपाली बिषयका राहत शिक्षक दीर्घराज रोकायले दलित समुदायमाथि गरेको जातीय टिप्पणीप्रति सार्वजनिक आलोचना भइरहेका छन् ।

स्थानीयलाई गाली गरेर शिक्षण पेशाकै अपमान गरेका शिक्षक रोकायका आफन्तले समाचार लेख्ने पत्रकारलाई पनि अपमानजक शैलीमा गाली गर्न थालेका छन् ।

गएको पुस महिनाको २० गते सोमबार बेलुकीपख स्थानीयलाई ‘डुम’ भन्दै धम्की दिएको र पुस २१ गते मंगलबार दलित तथा विपन्न बिद्यार्थीहरुलार्ई लाइनमै कुटपिट गरेको समाचार सार्वजनिक भएको थियो ।

शिक्षक रोकायले गरेको जातीय गालीगलौचप्रति चर्को आलोचना हुँदा उनी कार्यरत विद्यालयका शिक्षक र विद्यार्थीले समेत लज्जित महसुस गरेको प्रतिक्रिया दिइरहेका छन् ।

आफ्नो गलत रवैयाप्रति सजग हुनुको साटो उनी अहिले आफ्नो बोली गलत भन्नेलाई गाली गर्दै हिडेका छन् । उनले दलित समुदायका विद्यार्थीलाई समेत गरी कुटपिट गरेको घटनाबारे गाउँपालिकाको शिक्षा शाखाल स्पष्टीकरण समेत सोधेको थियो ।

घटना भएको १९ दिन बितिसक्दा गाउँपालिका, स्थानीय शिक्षाका अधिकारीहरुले वास्ता गरेका छैनन् ।  दीपेन्द्र माविका दलित बिद्यार्थीहरुले जातीय विभेद भोगिरहेका छन् । तर अनुगमन गर्ने निकाय भने मौन छन् ।

उनलाई कारबाहीको चर्को माग उठेपनि अहिलेसम्म सम्बोधन हुन सकेको छैन् । नागरिक समाज, पत्रकार, विद्यार्थीले पनि चर्को आलोचना गरेका छन् । साथै जातीय विभेदपूर्ण गालीगलौज गर्ने रोकायजस्ता शिक्षकलाई सेवाबाटै हटाउनुपर्ने माग पनि उठेको छ ।

शिक्षक रोकायको अडियो सुन्न यहाँ क्लिक गर्नुहोला 

 

 


प्रकाशित मिति: सोमबार, माघ १२, २०७७, १८:५३:००
प्रतिक्रिया दिनुहोस्