चौकुने ९

चौकुनेमा कोरोना खोप सञ्चालन

घाटगाउँ खबर

सुर्खेत । चौकुने गाउँपालिकामा कोरोना बिरुद्धको पहिलो चरणको खोप माघ २० गतेबाट सञ्चालन  हुने भएको छ । उक्त खोप गाउँपालिका स्वास्थ्य शाखा गुटुमा सञ्चालन हुने भएको हो ।
 
स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेका अनुसार, “ पहिलो चरणकोे खोप गाउँपालिकाका भित्ररहेका स्वास्थ्यकर्मी, पारिवारिक स्वास्थ्य प्रोफायलमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकालाई लगाउने कार्यक्रम रहेको छ ।  विस्तारै चौकुनेका बस्तीहरुमा कोभिड –१९ बिरुद्धको खोप पुर्‍याउँने स्वास्थ्य शाखाले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, माघ १७, २०७७, १२:१८:००
प्रतिक्रिया दिनुहोस्