घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
सञ्चार
पत्रकार महासंघ हुम्लाको साधारणसभा सम्पन्न

सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको पाँचौँ साधारणसभा मङ्गलबार सम्पन्न भएको छ । शाखाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीका अध्यक्षतामा भएको उक्त साधारणसभामा महासंघका केन्द्रीय सचिव लक्ष्मी पुन र सामानुपातिक उपाध्यक्ष मिमसिंह नेपालीको उपस्थिति भएको थियो । जयबहादुर रोकायाले हुम्ला शाखाको स्थापना गरेका थिए ।
सो अवसरमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पत्रकारले सहीरूपमा कलम चलाउन नसके झन् विकृति मौलाउने बताए । उनले भने “पत्रकार कसैको पनि पक्षमा नभई सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनुपर्छ । समाजमा ऐनाजस्तो पारदर्शी भएर रहन सक्नुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले समाज परिवर्तनका संवाहक पत्रकार भएका कारण जिम्मेवारीअनुसार कलम चनाउनुपर्ने बताए । महासङ्घ सचिव पुनले पत्रकार आफ्नो पेशाप्रति लगाव र समाजप्रति उत्तरदायी हुनुका साथै कलमप्रति इमान्दर हुनुपर्ने बताइन ।
सभामा वरिष्ठ उपाध्यक्ष शाहीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभाले आफ्नो भवन निर्माणका लागि जग्गा खरिदको पहल गर्ने निर्णय गरेको छ ।
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- मोटरसाइकल दुर्घटना हुँदा चौकुनेका वडाध्यक्ष र गाउँकमिटि अध्यक्ष घाइते
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप