चौकुने ९

मोटरसाइकल दुर्घटना हुँदा चौकुनेका वडाध्यक्ष र गाउँकमिटि अध्यक्ष घाइते

दिपेश परियार

घाटगाउँ सुर्खेत । जिल्लाको चौकुने गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष र वडाध्यक्ष  मोटरसाइकल दुर्घटनामा परेका छन ।
नेकपाका अध्यक्ष गंगराम बिक र चौकुने ९ का वडाध्यक्ष नवराज जैसी दुर्घटनामा परेको स्थानीयले बताएका छन । 

स्थानीयका अनुसार, “ बुधवार नेपालगञ्ज हुदै टिकापुर, देखि घाटगाउँ जाने क्रममा नेकपाका नेता विक र  वडाध्यक्ष जैसी घाइते भएका हुन ।”

घाइते विक र जैसीलाई प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।  अहिले घाइतेको अवस्था सामान्य रहेको प्रदेश अस्पतालले जनाएको छ ।  
 


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७, २२:११:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, माघ २३, २०७७, २२:११:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, माघ २३, २०७७, २२:११:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, माघ २३, २०७७, २२:११:००