स्वास्थ्य

सुर्खेतमा २ हजार ३४० जनाले लगाए कोरोना खोप 

घाटगाउँ डटकम

घाटगाउँ । सुर्खेतमा पहिलो चरणको कोरोना विरुद्धको खोप  २ हजार ३४० जनाले लगाएका छन ।  पहिलो चरणमा कोरोनाविरुद्धको पहिलो पङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाएको  प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतले जनाएको छ । यो  चरणमा छुटेकालाई दोस्रो चरणमा समावेश गर्ने निर्देशनालयको तयारी छ ।  

यो खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्दछ । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।


प्रकाशित मिति: सोमबार, माघ २६, २०७७, २०:२८:००
प्रतिक्रिया दिनुहोस्