समाज

कोइरालाको सम्झनामा नेविसंघद्धारा दीप प्रज्वलन

घाटगाउँ डटकम

काठमाडौं ।   नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पाँचौँ स्मृति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । उनै कोइराला नेतृत्वमा नेपाको नयाँ संविधान जारी भएको थियो ।

नेविसंघले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण संकटमा रहेको भन्दै त्यसको रक्षाका लागि लड्ने पनि बताएको छ ।

ुसुशील कोइरालाको नेतृत्वमा जारी भएको नेपालको संविधान आज संकटमा छ,ु नेविसंघका महामन्त्री दीपक भट्टराईले भने, ुनेविसंघ सुशील कोइरालालाई स्मरण गर्दै संविधानको रक्षाका लागि अगाडि बढ्ने प्रण गर्दछ ।ु 


प्रकाशित मिति: सोमबार, माघ २६, २०७७, २०:४१:००
प्रतिक्रिया दिनुहोस्