राजनीति

पहिलो चरणमा ४० दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने

घाटगाउँ डटकम

काठमाडौं ।    मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ४० जिल्‍ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय भएको हो । सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७, १२:११:००
प्रतिक्रिया दिनुहोस्