समाज

जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु 

घाटगाउँ डटकम

खलंगा । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लाको शिवालय गाउँपालिका –९  कि ४६ बर्षकी बिर्मी बुढाको  शिवालय – ९ चेताह बगरस्थित सडक छेउमा जालीभर्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले  पुरिएर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  मृतक बुढाको शब  पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पुर्‍याएको  प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी गराए । 


प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७, १४:५०:००
प्रतिक्रिया दिनुहोस्