घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
समाज
बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे

जाजरकोट – बिद्यार्थीलाई कुटपिट गर्ने पहाडामुल्साम दीपेन्द्र माविका शिक्षक दीर्घराज रोकायले बिद्यार्थी सामु घुँडा टेकेर माफी मागेका छन । बारेकोट गाउँपालिका – ३ मा अबस्थित रहेको दीपेन्द्र माविमा शिक्षक रोकायले जाँडरक्सी खाएर बिद्यार्थीलाई कुटपिट गर्नुका साथै स्थानीयलाई समेत गालीगलौज गरेका थिए ।
बिद्यार्थीलाई कुटपिट गर्दा जातीय विभेदपुर्ण गालीगलौज गरेको उनको भिडियो घाटँगाउँ डटकम मार्फत सार्वजनिक भएको थियो ।
उक्त बिषयलाई लिएर माघ १८ गते, बिभिन्न पार्टीका बिद्यार्थी भातृ संगठन, स्थानीय सम्बन्धित निकाय, दलित अधिकारकर्मी, अन्य सरोकारवालाहरुको उपस्थितीमा शिक्षक रोकायले बिद्यार्थी सामु घुँडा टेकेर माफी मागेका हुन ।
आगामी दिनहरुमा यस्तो कार्य गरेमा सम्बन्धित निकायहरुबाट कडा कारबाही गर्ने वडाध्यक्ष मनबहादुर शाहीले बताए । यो शिक्षक रोकायको पहिलो हर्कत भएकोले उनलाई माफी दिएको दलित अधिकारकर्मीहरुको भनाई छ । यस्तो हर्कत अब नगर्ने, नगराउँने भनि बिद्यालयको निर्णयमा दस्तखत समेत गरेका थिए ।
दस्तखत गर्दै शिक्षक रोकायले भने, “ मान्छेको जिन्दगीमा कहिले भुल हुन्छ । मेरो जिन्दगीमा पनि यो एउटा भुल हो । आगामी दिनहरुमा यस्तो कार्य कहिले पनि गर्ने छैन ।” शिक्षक रोकाय दीपेन्द्र माविका नेपाली बिषयका राहत शिक्षक हुन ।
स्थानीय सञ्चारकर्मी हरिबहादुर नेपालीको सहयोगमा
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- मोटरसाइकल दुर्घटना हुँदा चौकुनेका वडाध्यक्ष र गाउँकमिटि अध्यक्ष घाइते
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप