घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
समाज
भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा

जाजरकोट — बैतडीमा बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएकी भागिरथी भट्टलाई न्याय दिन माग गर्दै जाजरकोटमा बिशाल प्रदर्शन भएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका – ७ चडेपानीमा १७ बर्षीया किशोरी भट्टको माघ २१ बलात्कारपछि बिभत्स हत्या भएको अबस्थामा शब भेटिएको थियो ।
भागिरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै बिहिबार जाजरकोटमा बिशाल प्रदर्शन गरिएको छ । परिवर्तनका लागि युवा अभियान जाजरकोटको नेतृत्वमा जिल्ला भित्ररहेका युवा, बिद्यार्थी, र बिभिन्न सरोकारवाहरुको उपस्थितीमा उक्त बिशाल प्रदर्शन गरेको हो ।
हत्यारालाई कारवाही गर, भागरथीको बलात्कारीलाई फाँसी दे, नारीको स्वतन्त्रतालाई रक्षा गर, बलात्कारी बचाउँने जोकोहीं मुर्दावाद, जस्ता सरकारका विरुद्ध नारा लगाएका थिए ।
त्रिभुवन मावि खलंगा, शान्ति ज्ञानकुन्ज आवि, नोवेलिस्ट बोर्डिंग स्कुल, कस्तुरी सहकारी र्बोर्डिंग स्कुल, गोल्डेन वोर्डिंग स्कुलका बिद्यार्थीहरु, बिभिन्न सरोकारवालाहरुले जाजरकोट सदरमुकाम खलंगामा बृहत प्रदर्शन गरी ठाँटीबजारमा बिरोध सभा गरेका छन ।
बलात्कारीलाई बचाउँ गरिरहेको सरकारले कहिले पीडितहरुलाई न्याय दिने ? भन्दै युवा अभियन्ता, बिद्यार्थीहरुले प्रश्न खडा गरेका थिए । यस्तै त्रिभुवन माविकी छात्रा सर्मिला रोकायले भन्छिन, “कलिला मुनाहरुको बलात्कारीलाई बचाउँने सरकार भयो, भागिरथीको जस्ता यो देशका बालिका, किशोरीहरुको दिनौदिन बलात्कारपछि हत्या भएको छ ।
तर कारवाही भने बर्षौै सम्म पनि हुदैन । बलात्कारी खुलियाम रुपमा हिडेको हुन्छ । पीडितहरु न्यायको लागि गल्ली गल्लीमा भौतारिएका छन । न्याय कहिले ?” यस्तै युवा अभियन्ता अनिशकुमार कार्कीले भने, “ भागिरथी प्रधानमन्त्री ओलीकी छोरीचेली भएको भए के हुन्थ्यो ? राष्ट्रपति बिद्यादेवी भण्डारीको छोरी उषाकिरणमाथि भागरथी जस्तै बलात्कार भई हत्याभएको भए के हुन्थ्यो ? हत्यारा खुलियाम रुपमा चहल पहल गथ्र्यो ?” भन्दै आक्रामक भएका थिए ।
भागरथीको हत्यारालाई पत्ता लगाई कारवाहीको दायरामा ल्याउन बिभिन्न सरोकारवालाहरुले माग समेत गरेका थिए । भागिरथीको हत्याको विरोधमा देशभर विरोध प्रदर्शन चर्किएको छ । यस्तै काठमाडौं पोखरा लगायतका शहरमा पनि दैनिक प्रदर्शन भइरहेका छन ।
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- मोटरसाइकल दुर्घटना हुँदा चौकुनेका वडाध्यक्ष र गाउँकमिटि अध्यक्ष घाइते
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप