राजनीति

कांग्रेसमा ओइरो, नेकपामा पहिरो

घाटगाउँ डटकम

१५ फागुन, खलंगा ।  जाजरकोटको बारेकोट गाउँपालिकामा नेपाली कांग्रेस प्रवेश गर्नेको ओइरो लागेको छ । फागुन पहिलो साताकोे देखि सुरु भएको वडास्तरीयका कार्यकर्ता भेटघाट तथा संगठन विस्तारगर्ने क्रममा बारेकोटमा २६७ भन्दामाथि नेकपाका नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन ।  

उसोत नेकपामा पहिरोनै खनिएको छ । नेकपामा लामो समयदेखि  कार्यकर्ता भई कयौंलाई सत्तामा पुर्‍याएका दर्जनौं नेता र कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन । 

       

  अघिल्लो साताको आइतवार बारेकोट – ५ को कार्यक्रमबाट नेकपाका युवानेता गोरख थापाले कांग्रेस प्रवेश गरे ।  थापाले २०५७ साल देखि नेकपा एमालेबाट विद्यार्थी राजनितिक सुरु गरेका थिए । थापाको २० बर्ष पुरानो नेकपाको राजनितिक यात्रा सकिएको हो । 

तत्कालिन विद्यार्थीबाट राजनितिक यात्रा सुरु गरी विभिन्न क्याम्पस तहमा अध्यक्ष÷संयोजक समेत भएका थिए । थापा २०६३ साल फागुन १५ गते तत्कालिन नेकपा एमालेबाट संगठित सदस्य भएका थिए ।

विद्यार्थी राजनितिमा सक्रिय भएका थापा  नेकपा एमाले जाजरकोट क्षेत्र नं १ बाट सचिवालय सदस्य समेत रहेर काम गरेका थिए ।  भने पछिल्लो समय दुई प्रमुख वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणपछि  नेता थापा बारेकोट गाउँपालिका कमिटि सदस्य रहेका थिए  । 

—  फेरी नेकपामा पहिरो आयो । २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा   प्रतिनिधिसभा  बिघटन भयो ।  प्रतिनिधिसभा विघटनपछि नेकपाको दुई समुहतय भयो । एउटा प्रचण्ड नेपाल समुह  र अर्को प्रधानमन्त्री ओली समुह । नेता थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका जिल्ला कमिटि सदस्य समेत हुन । 

नेता थापा भन्छन्, “ नेपाली सर्वहारा श्रमजीवी वर्गका लागि,  मजदुर, किसान, जनसमुदायको हितलाई प्रतिनिधित्व गर्ने नारा बेचेर नेकपाले नातावादको राजनितिक गरिरहेका छन । नातादारे राजनितिक गर्नेहरुले – श्रमजीवी वर्गको हित होइन, वर्गको शोषण गरिरहेका छन ।”

नेता थापा मात्र होइन , युद्धको जगबाट आएका कयौं नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन । प्रवेशीहरु भन्छन् “ युद्धको राजनितिक संर्घषसंगै कयौं समय नेकपाको हरेक संगठनमा आवद्ध भई आफ्नो जीवन व्यथित गर्न पुग्यौं । दर्जनौंलाई सत्ता पुर्‍यायौं । सत्तामा पुगेपछि सर्वहारा श्रमजीवी वर्गका लागि मजदुर  किसान लागि नजर पुर्‍याउन नसकेको प्रवेशीको भनाइ छ ।” 

अहिले जाजरकोटका अधिकांश स्थानीयतहमा नेकपालाई थाती राख्नेको संख्यापनि उत्तीकै रहेको छ । नयाँ प्रवेशीहरुलाई नेपाली कांग्रेस जाजरकोटका युवा नेता वेदराज सिंह, कांग्रेस युवा नेता तथा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, नेपाली कांग्रेस बारेकोट गाउँपालिका सभापति भीमबहादुर सिंह लगायतको टोलीले पार्टीमा स्वागत गरेका थिए । 

प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका जाजरकोटका नेता तथा बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले भने, “ नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मुल्य मान्यताका आधारमा सर्वहारा श्रमजीवी वर्ग हितका लागि काम गर्दै आएको छ । ”

न्यायपुर्ण गतिशील, स्वतन्त्र र समतामुलक समाजको  स्थापनाका लागि नेपाली कांग्रेस बाहेक अन्य नभएको नेपाली कांग्रेस जाजरकोटका युवा नेता वेदराज सिंहले बताए । हजारौं सर्वहारा नेपाली जनताको बलिदानपुर्ण त्याग, तपस्याबाट प्राप्त गरेको व्यवस्थालाई कुल्चिने नेकपाका नेताहरुले जनताको अधिकार कहाँ र कहिले प्राप्तिको लागि सोचिँरहेका छन ।  अब नेपाली जनताले राष्ट्रियता, लोकतन्त्र, संरक्षण र संवद्र्धन गर्दै जनहितका लागि लागिरहेको कांग्रेस नेता सिंहको भनाइ छ । ”

देशको आर्थिक, सामाजिक, भौतिक, विकास गर्नको लागि नेपाली कांग्रेसका विभिन्न भातृ संगठनमा आवद्ध भई  समृद्ध नेपाल बनाउने सपना पुरा गर्न आग्रह समेत गरेका थिए । 


 


प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७, १६:५३:००
प्रतिक्रिया दिनुहोस्