समाज

हुम्लामा खाद्यान्न अभाव

घाटगाउँ डटकम

१४ चैत, सिमकोट ।  हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा खाद्यान्नको भएको छ  ।  खाद्यान्नको समस्या हुने देखिएपछि हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न माग गरिएको छ ।

रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनुपर्ने खाद्यान्न कोरोना सङ्क्रमणको त्रासले नाका बन्द हुँदा ढुवानी गर्ने काम रोकिएर गाउँपालिकाले जनाएको छ । यता हवाईमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग गरेको हो । 

गाउँपालिकाका लागि केरुङ नाका हुँदै पैदलमार्गबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवस्था गरेको चार हजार क्विन्टल खाद्यान्न नाका बन्द भएपछि ढुवानी हुन नसकेका कारण खाद्यान्न अभाव भएको हो । हवाईमार्गबाट ढुवानी गरेर समस्या समाधान गर्न माग गरेको  गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । 

सो खाद्यान्न पैदलमार्गबाट तिब्बत हुँदै हिल्सादेखि याल्वाङसम्म ढुवानी गर्नका लागि एक सप्लायर्स पनि छनोट भइसकेको थियो । त्यो खाद्यान्न हालसम्म पनि ढुवानी हुनसकेको छैन ।   प्रतिकिलो ४५ मा खाद्यान्न ढुवानी गर्न सकिने भएपछि सो गाउँपालिकाका लागि लिमिटेडले खाद्यान्न उक्त मार्गबाट ढुवानी गर्ने गरेको थियो । 

उत्पादन कम हुने सो गाउँपालिकामा खाद्यान्न चीनको ताक्लाकोटमा निर्भर रहनुपर्नेमा कोरोनापछि हिल्सा नाका बन्द हुँदा कुनै पनि खाद्य सामग्री एक वर्षयतादेखि ढुवानी भएको छैन । ढुवानी बन्द हुँदा खाद्यान्न समस्या हुने अवस्था आएको बताइएको छ ।

केरुङबाट ढुवानी हुने अवस्था नरहेकाले गाउँपालिकाको कोटाको खाद्यान्न समयमै हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न गाउँपालिकाका अध्यक्ष लामाले लिमिटेडसँग माग गरेका हुन ।   सो खाद्यान्न पैदलमार्गबाट ढुवानी हुनसक्ने अवस्था नभएपछि जिल्ला खाद्य व्यवस्था कार्यालयले समेत निर्णय गरेर हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न निर्णय गरेर केन्द्रमा पठाइसकेको लिमिटेडको हुम्ला शाखाका प्रमुख निर्मलकुमार थापाले बताए । लामो समयसम्म चार हजार क्वीन्टल खाद्यान्न आइ नपुगेछि नाम्खाका नागरिक खाद्यान्न भोकमरीको चपेटामा पर्न सक्ने देखिएको छ । 


प्रकाशित मिति: शनिबार, चैत १४, २०७७, ०८:३५:००
प्रतिक्रिया दिनुहोस्