समाज

पन्त र शाहीको हातमा रविन्द्र स्मृती ब्याडमिन्टन प्रथम पुरस्कार

घाटगाउँ डटकम

१५ चैत, खलंगा । नेविसंघका पुर्व केन्द्रीय सदस्य स्वर्गीय रविन्द्र शम्शेर शाहको चौंथो स्मृती दिवसको अवसरमा आयोजित खुल्ला डब्लस ब्याडमिन्टन प्रतियोगिताको प्रथम राशी मेडल, छवि पन्त र निराजन बिक्रम शाहीको हातमा परेको छ ।

नेविसंघ जाजरकोटले शाहको चौंथो स्मृती दिवसको अवसरमा उक्त आयोजना विहिबार देखि सुरु गरि शनिवार सम्पन्न गरेको थियो । आयोजनामा सहभाभी प्रथम स्थान पन्त र शाहीले हात पारेका थिए । भने, उक्त पुरस्कारमा २० हजार राशी, मेडल सहित प्रमाण–पत्र थियो ।

यस्तै दोस्रो स्थान राजु भडेल र रमेश चन्दले १५ हजार राशी सहित मेडल प्रमाण–पत्र प्राप्त गरेका थिए । तेस्रो स्थान भने, सिताराम वली र महेन्द्र भडेलले प्राप्त गरेका थिए । अर्को तेस्रो स्थान रामसिंह ठकुरी र महेश कठायतले प्राप्त गरेका थिए । दुवै तेस्रो स्थानलाई ६ – ६ हजारको राशी मेडल सहित प्रमाण–पत्र थियो ।

नेविसंघका पुर्व केन्द्रीय सदस्य एवंं समाजसेवी सहिद शाह पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष समेत थिए । आइतवार पाँचताराले शाहको सम्झना कार्यक्रम गरी उक्त पुरस्कार हस्तान्तरण गरेको हो । २०७३ चैत १५ गते अज्ञात समुहले भेरी नगरपालिका – ३ जाजरकोटमा रविन्द्र शम्शेर शाहको हत्या गरेका थिए ।


प्रकाशित मिति: सोमबार, चैत १६, २०७७, ११:२१:००
प्रतिक्रिया दिनुहोस्