प्रेरणा टिप्स

चाडपर्व

धर्म संस्कृति

प्रोफाइल

सञ्चार

आर्थिक

धान गोड्ने समय भइसक्यो, मल छैन

घाटगाउँ डटकम

दमौली । तनहुँ जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेल धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गर्छन् ।

“दुई पटक मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,” उनले भने, “मल नै हाल्न नपाएपछि खेती सप्रिएला जस्तो लागेन ।” ५० केजी मल आवश्यक भए पनि बजारमा कति पनि मल नपाइएको उनले बताए ।

हरेक वर्ष मलको अभाव हुने गरे पनि यस वर्ष भने लकडाउनका कारण कृषक मारमा परेको उनको भनाइ छ । सरकारले कृषकलाई कृषि खेतीमा लाग्न प्रोत्साहन गर्ने नीति लिएको बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको किसानको गुनासो छ । 

भिमाद नगरपालिका–९ भाटडाँडाका रुद्रबहादुर क्षेत्रीले धान गोडमेल गरिसके पनि मल अभाव भएको बताए । जताततै मलको खोजीका लागि भाँैतारिए पनि मल पाउन नसकेको क्षेत्रीको गुनासो छ ।


प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७, १७:५२:००
प्रतिक्रिया दिनुहोस्