यातायात

अविरल वर्षाले पाँच दिनदेखि हवाई उडान बन्द

घाटगाउँ डटकम

सिमकोट : हुम्लाका लागि एक मात्र यातायातको साधन हवाई सेवा हो । उक्त सेवा पनि बन्द भएको छ । मनसुनका कारण अविरल वर्षा परिरहेको छ । यसले गर्दा हवाई सेवा अबरुद्ध भएको हो । पाँच दिनयता लगातार वर्षाको कारण राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा हवाई सेवा बन्द रहेको नागरिक उड्यन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले बताए । मौसममा आएको खराबी कै कारण हवाई सेवा बन्द रहेको उनले बताए ।

विहानबाट उडानका लागि नेपालगंज र सुर्खेतबाट हवाई जहाजहरु तयारी अबस्थामा रहेको भएपनि हुम्लामा मौसम बिग्रेपछि उडान हुन नसकेको हो । हवाई सेवा बन्द भएपछि बिरामीलाई जिल्ला बाहिर लैजान र अन्य अत्यावश्यक काम परेको यात्रुलाई पनि समस्या भएको छ । यस्तै खाद्यान्न र बिकास निर्माणका सामग्रीको ढुवानीमा पनि समस्या देखिएको छ । सिमकोटमा हरियो तरकारीका साथै दैनिक उपभोग्य सामान पनि पाउन छोडेको उद्योग बाणिज्य संघका उपाध्यक्ष राम बहादुर भण्डारीले बताए । हुम्ला सीता, समिट र तारा एयरका हवाई जहाजहरुले उडान भर्दै आएका छन् । जिल्लामा कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी रहेको भएपनि खाद्यान्न तथा बिकास निर्माणका सामग्री ढुवानीका लागि हवाई सेवा सुचारु हुँदै आएको थियो ।


प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८, १४:२९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, असार ४, २०७८, १४:२९:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, असार ४, २०७८, १४:२९:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, असार ४, २०७८, १४:२९:००