यातायात

हुम्लामा एक सातापछि हवाई सेवा सुचारु

घाटगाउँ डटकम

सिमकोटः हुम्लाका लागि एक मात्रै यातायातको साधन हवाई मार्ग हो । उक्त सेवा एक सातापछि सुचारु भएको छ । लगातारको वर्षाको कारण अबरुद्ध भएको हवाई सेवा सोमवार मौसममा सुधार आएपछि सुचारु भएको हो । एक हप्ता लगातारको वर्षा पछि अबरुद्ध भएको हवाई सेवा सुचारु भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले बताए ।

मौसमका कारण नेपालगञ्ज र सुर्खेतमा तयारी अबस्थामा रहेका हवाई जहाजहरुले लामो समय उडान भर्न पाएका थिएनन । सोमवार बल्ल मौसममा सुधार आउँदा जहाजहरुले नेपालगञ्ज र सुर्खेतबाट उडान भएका थिए । हवाई यातायात सुचारु नहुँदा सिमकोटमा दैनिक उपभोग्य सामान, हरियो तरकारीको सहज भएको छ ।

यसअघि ती सामग्रीको अभाव भएको थियो । भने बिकास निर्माणका सामग्री पनि ढुवानी हुन सुरु भएको छ । बिरामी र अत्यावश्यक कामका मानिसहरुले पनि आवत जावत गर्न पाएका थिएनन । सीता, समिट र तारा एयरका जहाजहरुले उडान भरेका थिए । कोरोनाले निषेधाज्ञा जारी रहेको कारण नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रुहरुले आउन पाएका छैनन् ।


प्रकाशित मिति: सोमबार, असार ७, २०७८, १९:०७:००
प्रतिक्रिया दिनुहोस्