सञ्चार

कालिकोटका स्थानीय तहमा सञ्चार सेवा

घाटगाउँ डटकम

कालिकोटः संचार सेवा नपुगेका कालिकोटको पलाँता गाउँपालिका, तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा संचार सेवा पुगेको छ । पलाँता गाउँपालिकाको राडुनेटा र तिलागुफा नगरपालिकाको हरिचौरमा रहेको नमस्ते टावर सञ्चालनमा आएको नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका निर्देशक अनन्त मल्लीकले बताए ।

‘तिलागुफा–६ को हरिचौरमा रहेको टावरबाट महाबैको केहीं क्षेत्रमा टेलिफोन सेवा पुगेपनि गाउँपालिका कार्यालयमा नपुगेकाले तिलागुफा १० चिल्खायामा तत्काल बिद्युत पोलमा सिस्टम जडानगरी सेवा सुचारु गर्ने तयारी भइरहेको नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका प्राविधिक प्रमुख शिवराज खनालले बताए ।

कालिकोटका सबै स्थानीय तहमा टेलिफोन सेवा पुगेपछि स्थानीय नागरिक खुशी भएका छन् । हरिचौरमा टावर संचालन भएपछि घर भित्रबाट कुरा गर्न पाएको जुबिथा ६ का भिमबहादुर शाहीले बताए ।

टावर संचालन पछि तिलागुपा नगरपालिकामा सानोतिनो कामको लागि आउनेको भीडभाड घटेको नगर प्रमुख रत्नबहादुर शाहीले बताए । ‘पहिले कुनै कुरा सोध्नु परेपनि घण्टौ हिडेर नगरपालिका पुग्ने स्थानीय नागरिक अहिले फोन बाटै जानकारी लिन थालेका छन् । नगरपालिका र स्थानीय नागरिकले नेपाल टेलिकमसँग फोर्जी सञ्चालन गर्न माग गरेका छौं ।’ नगर प्रमुख शाहीले भने ।


प्रकाशित मिति: सोमबार, असार १४, २०७८, १२:३६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, असार १४, २०७८, १२:३६:००
खुल्न थाले शक्तिपीठ सोमबार, असार १४, २०७८, १२:३६:००