कृषि

सल्यान बनगाडका कृषकलाई बाख्रा

घाटगाउँ डटकम

सल्यानः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले  साना व्यवसायी कृषि उत्पादन पकेट बिकास कार्यक्रम अन्तर्गत  बनगाड कुपिण्डे नगरपालिकालाई बाख्रा पकेट विकास  गन बाख्रा वितरण गरिएको छ ।  कुपिण्डे ताल साना किसान कृषि सहकारी संस्थालाई १५ लाख बराबरको अनुदानमा बाख्रा तथा बोका वितरण गरेको हो ।

नगरपालिकाको  वडा न ८ र ९ न वडाका  सहकारीमा रहेका  ५० घरधुरीलाई ५ वटा बोका, ५० वटा बाख्रा वितरण गरिएको छ । भने समुहले आफ्नै लगानीमा  खोर निर्माण तथा  खोर सुधार समेत गरेका छन ।यस क्षेत्रलाई बाख्रा पालनको लागि उतम भएको र सबै किसानलाई व्यवसायी तरिकाले बाख्रा पालन तिर लाग्न नगर प्रमुख गोविन्द कुमार पुनले आग्रह गरेका छन ।

नगरपालिकालाइ कृषिमा आधुनिकीकरण तिर लैजाने समेत उनले बताए । प्रत्येक वडामा कुनै कृषि बाली बस्तुमा तथा पशुपंक्षी पकेट क्षेत्र  बनाएर अगाडि बढ्ने समेत उनको भनाइ छ । कार्यक्रममा वडा न ८ अध्यक्ष कुल बहादुर पुरी, पशु सेवा शाखा प्रमुख बिनाराम बुढाथोकी  लगाएतको उपस्थिति थियो । बाख्रा नगर प्रमुख पुन, वडाध्यक्ष र शाखा प्रमुख बुढाथोकीले सयुक्त रुपमा वितरण गरेका हुन । 


प्रकाशित मिति: शनिबार, असार १९, २०७८, १४:३२:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, असार १९, २०७८, १४:३२:००
खुल्न थाले शक्तिपीठ शनिबार, असार १९, २०७८, १४:३२:००