कृषि

हुम्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न

घाटगाउँ डटकम

सिमकोटः हिमाली जिल्ला हुम्लामा धान रोपाइँ ९० प्रतिशत सम्पन्न भएको छ । सिंचाइ सुविधा र समयमा वर्षा भएको कारण असार पन्द्र भित्र अधिकांश क्षेत्रमा धान रोपाइँ कार्य गर्न सहज भएको हो । 

ताँजाकोट गाउँपालिकाका– ३ जगत बहादुर शाहीले गाउँपालिकाका धेरै क्षेत्रमा धान रोपाइँ कार्य सम्पन्न भएको बताए । उनले गाउँपालिका भर डेढ सय हल खेतमा धान रोपाइँ कार्य सम्पन्न भएको र छुटफुट रुपमा मात्र धान रोपाइँ कार्य भइरहेको जानकारी दिए । 

यता चंखेली गाउँपालिका–२ लालप्रसाद जैशीले पनि वर्षा समयमै हुनु र सिंचाइको समेत सुविधा  भएको कारण समयमै धान रोपाइँ कार्य गर्न सफल भएको बताए । बेलैमा धान रोप्न पाएकोमा किसानहरु पनि निक्कै खुसी रहेका छन् । 

जैशीले जिल्लामै मार्सी धान राम्रो फल्ने दार्म जिउँलामा रोपाइँ कार्य सम्पन्न हुँदा किसान कुलो लगाउन अन्य काममा लाग्न थालेको छन् । कृषि बिकास कार्यालयका सुचना अधिकारी धर्मेन्द्र अधिकारीले रोपाइँका लागि वर्षा राम्रो भएको कारण नब्बे प्रतिशत खेतमा जिल्ला भरि धान रोपाई कार्य सम्पन्न भएको हो । 

रोपाइँको बेला वर्षा हुनु र सिचाईको हुने खेतको क्षेत्रमा वृद्धि बृद्धि भएको कारणले यसवर्ष समयमै धान रोपाई कार्य सम्पन्न भएको अधिकारीले बताए । बेला बेलामा वर्षा भइरहेको कारण यस वर्ष धान राम्रो फल्ने देखिएको संभावना देखिएको छ । 
हुम्ला जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका ५८० हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ । हुम्ला जिल्लामा मार्सी धान फल्ने गर्छ । 


प्रकाशित मिति: बुधबार, असार २३, २०७८, ०८:४०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो बुधबार, असार २३, २०७८, ०८:४०:००
खुल्न थाले शक्तिपीठ बुधबार, असार २३, २०७८, ०८:४०:००