सञ्चार

चौकुनेमा मोबाइल नेटवर्क सुधार्न आग्रह 

घाटगाउँ खबर

२४ भदौ, सुर्खेत । बर्षौदेखि मोबाइल नेटवर्कको काम प्रभावकारी नभएको भन्दै राजनीतिक दलले आवाज उठाउन थालेका छन् । पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा मोबाइल नेटवर्कको काम प्रभावकारी नभएको भन्दै नेकपा चौकुने गाउँ कमिटीले नेपाल टेलिकमको ध्यानाकर्षण गराएको हो ।

बर्षाको बेला चौकुनेका धेरै ठाउँमा फोन नलाग्ने समस्या छ । चौकुने गाउँपालिकाका अध्यक्ष गंगाराम विश्वकर्मा र सचिव हरि अधिकारीले नेपाल टेलिकमलाई ध्यानाकर्षण गराउदै मोबाइलको नेटवर्क समस्या तत्काल हल गर्न आग्रह गरेका हुन् । 

बर्षाको बेला विपद तथा बाढी पहिरोको जोखिम हुने समस्याबाट पीडित रहेका बेला मोबाइल नेटवर्क नहुँदा अर्को समस्या खेप्नुपरेको स्थानीयको गुनासो छ । टावकै कारण मोबाइल नेटवर्कमा समस्या रहेको भन्दै चौकुने गाउँ कमिटीले तत्काल टावर थप गर्न टेलिकमको ध्यानाकर्षण गराएको छ । 

 


प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७, १०:०९:००
प्रतिक्रिया दिनुहोस्