खेलकुद

रोनाल्डोले ईएसपीवाई अवार्ड जिते

घाटगाउँ डटकम

एजेन्सी : पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ईएसपीवाई अवार्ड जितेका छन् । ईएसपीवाई अवार्डमा सन् २०२१ को उत्कृष्ट पुरुष फुटबल खेलाडी बन्दै रोनाल्डोले ुबेस्ट इन्टरनेसनल एथ्लेट अवार्डु जितेका छन् ।

युभेन्ट्सका फरवार्ड रोनाल्डोले केलियन एमबाप्पे, लियोनल मेस्सी र मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । महिलातर्फ अमेरिका तथा म्यानचेस्टर सिटीकी साम मेविसले यस अवार्ड जितेकी छिन् ।

अमेरिकाको टेलिभिजन नेटवर्क एबीसी र ईएसपीएनले यस अवार्ड हरेक वर्ष विभिन्न विधामा प्रदान गर्दै आईरहेको छ ।  बेलायतका फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टनले बेस्ट ड्राइभर अवार्ड जितेका छन् ।  टेनिसको पुरुषतर्फ नोभाक जोकोभिच र महिलातर्फ नाओमी ओसाकाले यस अवार्ड जितेका छन् ।


प्रकाशित मिति: आईतबार, असार २७, २०७८, १२:३८:००
प्रतिक्रिया दिनुहोस्