राजनीति

घाटगाउँमा कांग्रेसको टोल समिति गठन 

घाटगाउँ खबर

सुर्खेत । नेपाली कांग्रेसको चौकुने १० मा टोल समिति गठन भएको छ । बुधबार मीनबहादुर थापाको अध्यक्षतामा २५ सदस्यीय टोल समिति गठन भएको हो । समितिको सचिवमा दीपक टमाटा छन् । कांग्रेसका जिल्ला कमिटी सदस्य जनक रावल, क्षेत्रीय सदस्य दिलबहादुर बिसी लगायतको प्रमुख उपस्थितीमा २५ सदस्यीय समिति गठन भएको हो ।

नेपाली कांग्रेस चौकुने १० समितिका सचिव ज्वाला खनालका अनुसार नजिकिदो चुनावका लागि टोल समिति विस्तार गरिएको हो । घाटगाउँमा नेकपाको बर्चश्व रहेपनि पछिल्लो समय असन्तुष्ट कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका छन् । सोही अनुसार टोल समिति गठन तथा विस्तार हुन थालेको हो ।
  
 


प्रकाशित मिति: बिहिबार, भदौ २५, २०७७, ०१:०८:००
प्रतिक्रिया दिनुहोस्