समाज

कोल्तडी-धम्बुमा पुल कहिले बन्छ ? 

घाटगाउँ डटकम

सुर्खेत । देशमा संघीय गणतन्त्र आएर गाउँ गाउँमा स्थानीय सरकार भएपनि सर्वसाधारणको दुःख भने अझै उस्तै छ । गाउँघरको सिंहदरबारले धेरै परिवर्तनको आश गराएपनि सडक, पुल लगायत विकास निर्माणका काममा भने अझै पनि केन्द्र सरकारकै मुख ताक्नुपर्ने अवस्था छ ।

सुर्खेतको चौकुने गाउँपालिका २ धम्बुका स्थानीयलाई अहिले पनि कैलाली जान घण्टौ हिड्नुपर्ने बाध्यता छ । त्यो भन्दा डरलाग्दा बर्षाको भेलमा पनि सानो डुंगामा ज्यान हत्केलामा राखेर वारपार गर्नुपर्ने समस्या छ । 

जसले बेला बेला डुंगा दुर्घटना हुँदा केहीको ज्यान समेत जाने गरेको दुःखान्त धम्बुमा यथावत छ । कैलालीको मोहन्याल गाउँपालिका २ कोल्तडी र सुर्खेतको चौकुने गाउँपालिका २ धम्बुका स्थानीयको दैनिक समस्या हो यो । 

पुल नहुँदा उनीहरु अहिले पनि ज्यान हत्केलामा राखेर डुंगाबाट वारपार गर्नुपर्ने बाध्यतामा छन् । दैनिक उपभोग्य वस्तु किन्न र आफन्त भेट्नदेखि अन्य काम पर्दा धम्बु र कोल्तडीका बासिन्दालाई डुंगा प्रयोग गर्नुपर्छ । जसले गर्दा उनीहरुको ज्यान कतिबेला कर्णाली नदीमा खसेर दुर्घटनाग्रस्त हुने हो भन्ने ठेगान छैन् ।

कैलालीमा सो क्षेत्रबाट झपट रावल प्रतिनिधिसभा सदस्य हुन् भने सुर्खेतमा सो क्षेत्रबाट नवराज रावत प्रतिनिधिसभा सांसद हुन् । रावत स्वास्थ्य राज्यमन्त्री भएपनि धम्बुका बासिन्दाले आवतजावत गर्ने पूल पाएका छैनन् । अहिले नेताहरु नजिकिदो चुनावका लागि गाउँ गाउँ पुगेका बेला स्थानीयले यही प्रश्न दोहोर्याएका छन् । तर नेताबाट जनताले आश्वासनबाहेक अरु पाउन सकेका छैनन् । 


प्रकाशित मिति: बिहिबार, भदौ २५, २०७७, ०१:२७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो बिहिबार, भदौ २५, २०७७, ०१:२७:००
खुल्न थाले शक्तिपीठ बिहिबार, भदौ २५, २०७७, ०१:२७:००