राजनीति

चौकुने २ मा पाँच वटा टोल कमिटी 

घाटगाउँ डटकम

सुर्खेत । नेकपा चौकुने गाउँपालिका २ मा पाँच वटा टोल कमिटी गठन भएका छन् । नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन बडुवाल, प्रदेश निर्वाचन ख का संयोजक खड्ग विश्वकर्मा विवश लगायत नेताहरुको उपस्थितीमा टोल कमिटी गठन गर्नुका साथै शपथ ग्रहण गराइएको हो ।

पाँच वटा टोल कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई एकैपटक शपथ खुवाइएको हो । शपथ ग्रहण कार्यक्रममा स्थानीय नेताहरुको पनि उपस्थिती थियो । नजिकिदो चुनावलाई लक्षित गरी चौकुने गाँउपालिकामा नेकपाले तिब्र रुपमा टोल कमिटी विस्तार गर्दै गएको छ ।
 


प्रकाशित मिति: बिहिबार, भदौ २५, २०७७, ०१:४८:००
प्रतिक्रिया दिनुहोस्