आर्थिक

बजेट कार्यान्वयन सन्तोषजनक छ : मुख्यमन्त्री

घाटगाउँ डटकम

काठमाडौँ : कर्णाली प्रदेशले यस वर्ष पनि बजेट खर्च गर्न नसकेर आलोचित बनेको छ । कोरोना महामारी जस्तो समस्याका बेला पनि प्रदेश सरकारले खासै खर्च गरेको देखिएको छैन ।

समग्रमा चालु आर्थिक वर्षमा सरकारले ६५ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । यो गएको वर्षको तुलनामा बढी हो । आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको प्रदेश लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको बजेट कार्यान्वयनको अवस्था आलोचित खालको छ । तर पनि सन्तोषजनक रहेको दाबी गरिएको छ ।

गएको वर्ष ४९ प्रतिशत बजेट खर्च भएको थियो । बजेट कार्यान्वयनको अवस्था कर्णालीमा मन्त्रालयहरु असफल देखिएका छन् । तर स्थानीय तहले ८७ प्रतिशत बजेट खर्च गरेका छन् । सबैभन्दा धेरै बजेट खर्च गर्ने सामाजिक विकास मन्त्रालय पनि ६६ प्रतिशत खर्च विवरणमा सिमित भएको छ । 

मुख्यमन्त्री कार्यालय, महान्यायाधिवक्ता कार्यालयसहित केही कार्यालयले भने खर्च विवरण गरेको सन्तोषजनक देखिन्छ । पूरा खर्च गर्न नसकेपनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महामारीको बीचमा बजेट कार्यान्वयन सन्तोषजनक रहेको दाबी गरेका छन् । 


प्रकाशित मिति: शनिबार, साउन २, २०७८, १२:३३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, साउन २, २०७८, १२:३३:००
खुल्न थाले शक्तिपीठ शनिबार, साउन २, २०७८, १२:३३:००