घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
कृषि
आर्थिक
बैंकहरुले दिदैनन् कृषि कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गर्भनर महाप्रसाद अधिकारी आए पश्चात कृषि ऋणको निकै चर्चा चुलियो । अझ मुलुकमा लकडाउनको अवस्थाका कारण हरेक पेशाकर्मीहरूको ध्यान कृषिमा केन्द्रित भएको पनि देखियो । अव नेपालका कृषिको विकल्प छैन भन्दै चर्का भाषणहरू पनि भ्याए ।
नेपाल राष्ट्र बैंकदेखि बाणिज्य बैक, लघुवित्तसम्मले कृषिको निकै नै प्रचार गरे ।तर, ऋण दिने बेलामा भने उनीहरू नै टाढा भाग्दै हिडेको देखिन्छ । कुरा एकातिर र काम अर्कोतिर गर्ने बैंक र त्यसका जिम्मेवारी लिएका व्यक्तिहरू किसानलाई झुटको खेतीमा अल्मलाईरहेका छन् ।
सरकारले सहुलियत व्याजदरका ऋण प्रवाह गर्न गरेको आग्रह तिनै बैंक तथा वित्तिय संस्थाहरूले लत्याईदिएका छन् । विगतदेखि हेर्ने हो भने बैंकहरूलाई घरजग्गा र सवारी कर्जा दिन पाए ढुक्क देखिन्छन्, गरिरहेका छन् पनि त्यही ।
हो, अव परिस्थिति परिवर्तन भएको छ । विश्वभर पैmलिएको कोभिड–१९ को महामारी पश्चात विदेशबाट फर्कनेदेखि नेपालमा श्रम गुमाएका व्यक्तिहरूलाई समेत लक्षित गरी उनीहरूलाई कृषिमा लगाउने भाषण धेरै भईरहेका छन् । तर, कसरी लगाउने भन्ने विषयमा न त हालसम्म छलफल भएको छ न त त्यसका लागि पूर्व तयारी नै गरिएको पाइन्छ ।
हुन पनि यतिखेर सरकार कृषि उत्पादकत्व बृद्धि गर्ने दुहाई दिईरहेको छ । सरकारको एउटा प्रमुख अंगका रुपमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयल कृषि उत्पादन बृद्धि गर्नका लागि आवश्यक पर्ने रासायनिक मलको जोहो गर्न सकिरहेको छैन ।
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- मोटरसाइकल दुर्घटना हुँदा चौकुनेका वडाध्यक्ष र गाउँकमिटि अध्यक्ष घाइते
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप