राजनीति

'संसद जोगियो, अब एमाले पार्टी जोगाउनुपर्नेछ'

घाटगाउँ खबर

काठमाडौँ : नेकपा एमालेका नेता घनश्याम भुसालले संसद जोगिएपछि अब पार्टी जोगाउने चिन्ता रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालो विश्वासको मत पाएपछि सामािजक सञ्जालमा टिप्पणी लेख्दै प्रतिनिधि सभा सांसद समेत रहेका भुसालले संसद जोगिएपछि फुटको संघारमा पुगेको एमालेलाई जोगाउने चिन्ता बढेको बताएका हुन् ।

साथै उनले यथास्थितिमा कोहि पनि सुरक्षित नरहेको बताएका छन् । 'संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ', उनले फेसबुकमा लेखेका छ्न, 'हामी ठूलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौँ, हामी उठ्छौं, धुलो टक्टक्याउँछौं र अगाडि बढ्छौं ।'

एमालेमा माधवकुमार नेपाल समूह र अध्यक्ष केपी शर्मा ओली समूहका गरी २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदा भुसाल भने विश्वासको मत नदिएरै संसदबाट बाहिरिएका थिए । 


प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८, ०२:४५:००
प्रतिक्रिया दिनुहोस्