घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
पर्यटन
एक वडा, एक उद्यान

बनेपा । कोरोना जोखिमका बीच धुलिखेल नगरपालिका वडा नं ४ बखुण्डोलका स्थानीयले आकर्षक उद्यान निर्माण गरेका छन् । अहिले उद्यानमा घुम्न जाने आन्तरिक पर्यटकको घुइँचो समेत लाग्न थालेको छ । उद्यानमा स्थानीय पहिचान झल्कने गरी परेवा, बुद्ध र कृष्णको मूर्ति प्रतिस्थापना गरिएको छ ।
गत शुक्रवार धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जुले उद्यानको शुभारम्भ गर्नुभएको थियो । उद्यान बनाउन नगरपालिकाले ८ लाख र डिभिजन वन कार्यालयले ५ लाख सहयोग आर्थिक सहयोग समेत गरेका थिए । कूल २८ लाखको लागतमा उद्यान निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सत्यमान लामाले जानकारी दिए ।
स्थानीयबासी, संघ÷संस्था लगायत नगरपालिका र वन कार्यालयको सहयोगमा निर्माण भएको उद्यान धार्मिक र सांस्कृतिक पहिचानलाई आधार बनाएर निर्माण भएको उनले बताए ।
उद्यानलाई संरक्षण दिन कोष समेत स्थापना गरिएको छ । यसअघि प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा धुलिखेल ११ काभ्रेभञ्जयाङमा मदन भण्डारी स्मृती उद्यान निर्माण गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले बनेको उद्यानहरुले नगरको नयाँ पहिचान दिएको बताए । नगरपालिकाले साना ठूला गरी २६ वटा उद्यान निर्माण गरिसकेको छ । प्रत्येक वडामा वर्षमा एक वटा उद्यान निर्माण गर्ने र पाँच बर्षमा ६० वटा उद्यान बनाउने उद्देश्यका साथ नगरपालिकाले काम गरिरहेको उनले जानकारी दिए ।
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप
- वार्ता अनिश्चित, विप्लव समूहमाथि प्रतिबन्ध पनि नहट्ने