समाज

विद्यालयको स्तरोन्नतिको लागि हरि विष्टको सहयोग

घाटगाउँ डटकम

वीरेन्द्रनगरः  विद्यालयमा फिल्ड निर्माणका लागि सुर्खेतका युवा  हरि विष्टले एक लाख रूपैयाँ नगद सहयोग गरेका छन् । उनले मंगलबार भवनबाहेक भौतिक पूर्वाधारमा कमजोर वीरेन्द्रनगर– १ धारापानीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न  सहयोग गरेका हुन् । 

विद्यालयमा फिल्ड निर्माणका लागि सहयोग गरेका विष्टले यसपछि विद्यालयमा विद्युत जडान गर्न पनि आफूले व्यक्तिगत रूपमा सहयोग गर्ने बताएका छन् ।  उक्त विद्यालयमा अहिलेसम्म विद्युत जडान गरिएको छैन। 

विष्टले गरेको सहयोगबाट उक्त  विद्यालयको बालबालिकाका लागि खेल्ने फिल्ड निर्माण गरिने भएको विद्यालयले जनाएको छ ।  उक्त सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज विक र विद्यालयका प्रधानाध्यापक प्रकाश ढुंगानालाई विष्टले हस्तान्तरण गरेका थिए ।  विष्ट नेपाल लोकतान्त्रिक खेलुकद संघ कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् । 


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८, ०२:३३:००
प्रतिक्रिया दिनुहोस्