खानेपानी

आर्थिक

सहलगानी खानेपानीले स्थानीयलाई राहत

घाटगाउँ डटकम

कास्की । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अवधारणा पत्रमा उल्लेखित कविताको पङ्ति हो यो । कवितामा भने जस्तै उपभोक्ताको सहयोग सञ्चय गरी निर्मित खानेपानी आयोजनाले यतिखेर लेखनाथवासीलाई ठूलो राहत पु¥याएको छ ।

साविक लेखनाथका प्रत्येक घरधुरीमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यका साथ विसं २०५८ मा शुरु गरिएको खानेपानी आयोजना  सम्पन्न भएपछि झण्डै एक दशकभन्दा अघिदेखि नियमित खानेपानी आपूर्ति भइरहेको छ । स्थानीयवासीको सहभागितासमेत नेपाल सरकारको झण्डै रु एक अर्बको  लगानीमा खानेपानी आयोजना सम्पन्न भएको उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । 

उनका अनुसार व्यक्तिगत १२ हजार २८८ र सामुदायिक १०२ गरी कूल १२ हजार ३९० धारा जडान गरी लेखनाथका एक लाख ५० हजारभन्दा बढी जनसङ्ख्यालाई शुद्ध खानेपानीको सुविधा पुगेको छ । आर्थिक वर्ष २०७६। ७७ मा ५६३ नयाँ धारा जडान गरिएको थियो । सात तालको बगैँचा शहर लेखनाथको पूर्व कोत्रेदेखि पश्चिम विजयपुर, उत्तर राखि कालिका अर्चले हुँदै बेगनाससम्म ७८।९३ वर्ग किलोमिटर क्षेत्रफलमा पैmलिएको यो आयोजना नेपाल सरकारको साना शहरी विकास आयोजनाको पहिलो चरणका २९ वटा अन्तर्गत आठ वटा पाइलट प्रोजेक्टमध्येको दोस्रो ठूलो आयोजना हो । आयोजनाले हालको पोखरा महानगरपालिका वडा नं २६, २७, २९, ३०, ३१ र ३२ समेटेको छ ।

‘घर घरमा पानी सभ्यताको निशानी, आप्mनो घर आँगन टोल आपैm सफा राखांै भन्ने नाराका साथ क्रियाशील संस्थाले  ‘मुहानदेखि मुखसम्म शुद्धपानी हामी उपभोक्ताको सरोकार र निगरानी’ का साथै घर घरमा हरियाली सबै कार्यालयमा फूलबारी भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै अघि बढ्को छ । आयोजनाबाट प्रतिदिन चार हजार १०७ घनमिटर सतह पानी र विभिन्न स्थानमा खनिएका आठ वटा बोरिङबाट पाँच हजार ६६८ घनमिटर पानी उत्पादन भई वितरण गरिँदै आएको संस्थाका सचिव मुरारी शर्माले जानकारी दिए । 

यस आयोजना अन्तर्गतप्रति व्यक्ति प्रतिदिन ८८ लिटर पानी खपत भइरहेको छ । उत्पादितमध्ये प्रतिदिन तीन हजार ४४९ घनमिटर ३५प्रतिशत पानीको पैसा नउठ्ने गरेको संस्थाले जनाएको छ । संस्थामा हाल ३४ जना कर्मचारी कार्यरत रहेको उनको भनाइ छ । संस्थाले विभिन्न सामाजिक काम पनि सँगसँगै अघि बढाएको निवर्तमान अध्यक्ष बोधराज लामिछानेले जानकारी दिए। अघिल्लो आर्थिक वर्षमा संस्थाको तर्पmबाट विद्यालयस्तरीय कविता  वक्तृत्वकला र तीज गीत प्रतियोगितालगायत कार्य सम्पन्न गरेको छ ।
 


प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७, १४:५३:००
प्रतिक्रिया दिनुहोस्