राजनीति

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल निवासमा

घाटगाउँ डटकम

काठमाडौंः  प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।  प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन्  । 

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै छन्  । सोही क्रममा आज खुमलटार पुगेका हुन्  ।  पार्किन्सन् रोगका कारण लामो समयदेखि सीता अस्वस्थ छन्  । 


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८, ०३:१४:००
प्रतिक्रिया दिनुहोस्