आर्थिक

तीन महिनामा कर्जा प्रवाह भएन

घाटगाउँ डटकम

सोलुखुम्बुः  धितो रोक्का गरेको तीन महिना वितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राखेका थिए । उनले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गरे ।

उनले भगवतीपुर–६ सिरहा निवासी सीतादेवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी रु १८ लाख ३० हजार ६०० कर्जाका लागि माग गरेको बताए । अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको बँैकका शाखा प्रबन्धक घनश्याम श्रेष्ठले जानकारी दिए । रासस


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८, ०३:३७:००
प्रतिक्रिया दिनुहोस्