स्वास्थ्य

शिक्षा

सुर्खेतमा साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

घाटगाउँ डटकम

काठमाडौँ : सुर्खेतमा निषेधाज्ञा लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बिहीबार जारी गरेको विज्ञप्तिमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्बिएको उल्लेख छ ।

गएको बैशाख १४ गतेदेखि जारी निषेधाज्ञा सुर्खेतमा अझै हटेको छैन । पछिल्लो थपिएको निषेधाज्ञा बिहीबारदेखि आउँदो साउन १५ गतेसम्म लम्बिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

निषेधाज्ञा खुलेपनि किराना पसल भने बिहान ९ बजेदेखि बेलूकी ६ बजेसम्म मात्रै खोल्न पाइनेछ । यस्तै फलफुल र दुग्धजन्य पदार्थ भएका पसल भने बिहान ६ बजेदेखि बेलूकी ६ बजेसम्म खोल्ने पाइने प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा उल्लेख छ ।

षेधाज्ञा लम्बिएपनि केही खुकुलो गरिएको छ । तर सर्वसाधारणलाई व्यापार व्यवसाय गर्न भने निषेधाज्ञाले समस्या निम्त्याएको छ । 



प्रकाशित मिति: बिहिबार, साउन ७, २०७८, २३:१०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो बिहिबार, साउन ७, २०७८, २३:१०:००
खुल्न थाले शक्तिपीठ बिहिबार, साउन ७, २०७८, २३:१०:००