राजनीति

ओली समूह कार्यक्रम, माधव समूह अनुपस्थित

घाटगाउँ डटकम

सिमकोटः  नेकपा एमाले हुम्लाका नेताहरुले पार्टीमा एकता गर्न आग्रह गरेका छन् । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको अवसरमा एमाले हुम्लाका नेताहरुले केन्द्रीय नेतृत्व समक्ष एकता गर्न आग्रह गरेका हुन् ।

जिल्ला कमिटीले आयोजना गरेको उक्त आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष ज्ञानी बुमीले टुटफुटपछिको हालत  यसअघि नै सबैले देखेकै कारण केन्द्रीय नेतृत्वमा पार्टीलाई एकता कायम गरेर अगाडी बढ्न आग्रह गरेका हुन् ।

गुटले गर्दा पार्टीमा फुट ल्याउने कामले कसैको भलो नहुने भन्दै दुवै पक्षका नेताहरुले लचकता अपनाएर एकता कायम गर्न आग्रह गरेका हुन् । जिल्लास्थित मानसरोवर होटेलमा सिमित कार्यकर्ताबीच  मनाइएको उक्त कार्यक्रममा जिल्ला कमिटि सदस्य बिनोद बोहराले आम कार्यकर्ताको भावनाको कदर गर्दै एकता कायम राख्न आग्रह गरे ।  उक्त कार्यक्रममा माधव पक्षका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थिएन । 


प्रकाशित मिति: बिहिबार, साउन ७, २०७८, २३:४३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो बिहिबार, साउन ७, २०७८, २३:४३:००
खुल्न थाले शक्तिपीठ बिहिबार, साउन ७, २०७८, २३:४३:००