आर्थिक

निर्माण व्यवसायीसँग सहकार्य हुन्छ : अर्थमन्त्री

घाटगाउँ डटकम

काठमाडौंः  अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायीविना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् ।   नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डललाई आज मन्त्रालयमा भेट्दै अर्थमन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यावसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र प्रक्रियाका लागि एस बिडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट) मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिए। 

केही व्यवसायीमा काम लिने तर काम नगर्ने परिपाटी देखिएको भन्दै मन्त्री शर्माले काम एउटा व्यवसायीले लिने तर कार्यक्षेत्रमा अर्कालाई खटाउनु ठीक नभएको बताए । मुख्य व्यवसायीले नै सम्बन्धित काम गर्नुपर्ने र बजारमा रहेको बाँकी रकम समयमै भुक्तान गर्नुपर्ने उनको भनाइ थियो । काम गर्ने वातावरण अनुकूल हुने गरी महासङ्घले ल्याउने प्रस्तावमा छलफल गर्न आफू तयार रहेको उनले जानकारी दिए । 


प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८, ००:२४:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, साउन ८, २०७८, ००:२४:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, साउन ८, २०७८, ००:२४:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, साउन ८, २०७८, ००:२४:००